नेपाली पत्रकारिता इतिहासकाे मजबुद खम्बा हुन् अग्रज पत्रकार भैरव रिसाल । विभिन्न राजनीतिक चरणसंगै पत्रकारिताकाे लामाे अनुभव संघाल्नु भएका रिसाल अहिले पनि लेखन कार्यमा संलग्न हुनुहुन्छ ।
साउन २९ अर्थात आज रिसालकाे ९२औं जन्मदिनकाे अवसर पारेर उहाँद्वारा लिखित देखेका, भाेगेका, सुनेका स्तम्भहरुकाे संग्रह उहिलेकाे नेपाल पनि विमाेचन गरिएकाे छ ।

कार्यक्रममा गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति रामवरण यादवदेखि विभिन्न क्षेत्रका व्यक्तित्वहरुकाे उपस्थिति थियाे ।
रिसाललाई जन्मदिनकाे उपहार स्वरुप पुस्तक तयार पारेर विमाेचन गरिएकाे पुस्तक प्रकाशक बुकहिल पब्लिकेसन्सले जनाएकाे छ ।
साे अवसरमा केक काट्दै रिसालकाे जन्मदिनलाई विशेष बनाइएकाे थियाे । यस्तै पुस्तकका सम्पादक समेत रहेका वरिष्ठ पत्रकार किरण नेपालले पत्रकार भुसालसंग पुस्तकमा समावेश भएका स्तम्भहरुलाई लिएर अन्तरंग कुराकानी पनि गरेका थिए ।