चलचित्र ‘वीर विक्रम २’को व्यंग्यात्मक समीक्षा गरेकाे भन्दै साइबर अपराधमा पक्राउ परेका कमेडियन प्रनेश गौतम प्रहरी नियन्त्रणमै रहेको प्रहरीले जनाएको छ।
ठट्यौली शैलीमा समिक्षा गरेकाे भन्दै उनलाई प्रहरीले २४ गते पक्राउ गरेको थियो ।
उनीविरुद्ध साइबर अपराधको मुद्दा लगाइएको छ । तर फिल्म समिक्षा गर्दा पक्राउ गरेको भन्दै चौतर्फी आलोचना भएपछि उजुरीकर्ता निर्देशक मिलन चाम्स आफैंले पत्रकार सम्मेलन गरेर छटाउन पहल गर्ने बताएका थिए ।
शुक्रबार उनी विरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरिएको थियाे। मुद्दा दर्तापछि शुक्रबार नै पेशी तोकिएको भएपनि सरकारी वकिल उपस्थित नभएपछि बहस हुन सकेन। थुनछेक बहस आइतबारका लागि सरेको छ। उनले मेमे नेपाल नामक एक फेसबुक पेजका लागि सो व्यंग्यात्मक समीक्षा गरेका थिए।
Facebook Comments Box