भक्तपुर । भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो सारेगमपमा चौथो स्थान प्राप्त गरेका आयुष केसीलाई सम्मान गरिएको छ । केसी अध्ययनरत रहेको मोर्डन स्कुलले मंगलबार एक कार्यक्रमका बीच उनलाई एक लाख रुपैयाँ नगद सहित सम्मान गरेको हो ।
सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए । जसमा आचार्यले तेस्रो र केसीले चौथो स्थान बनाउन सफल भएका हुन् । प्रितम दुबैले सारेगममा आफ्नो र देशको नाम राख्न सफल भए । सानैबाट गीत सङ्गीतमा रुची राख्ने उनीहरु नै बिजेता बन्ने धेरैको अड्कल गरेका थिए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, विद्यालयका प्रचार्य अनिल कसपाल, सूर्यविनायक नगरपालिका वडा न.४ वडाअध्यक्ष उत्तम थापा लगायतले उनलाई सम्मान गरेका हुन् ।
Facebook Comments Box