काँकरभिट्टा । भारतको जी टिभीबाट प्रशारित चर्चित रियालिटी शो सारेगमप लिटल च्याम्पस २०१९ कार्यक्रममा तेस्रो भएका इटहरी ५ सुनसरीका बाल गायक प्रितम आचार्यलाई नेपालमा भव्य स्वागत गरिएको छ।

सोमबार झापाको काँकरभिट्टामा उनलाई स्वागत गरिएको हो।
फाइनल राउन्डको कार्यक्रम गत आइतबार जी टिभीबाट प्रशारण भएको थियो।
नेपालका आयुष र प्रितमले अन्तिम ६ अर्थात फाइनलमा स्थान बनाएका थिए। उनीहरुसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दातेले फाइनलमा फाइनलमा प्रतिस्पर्धा गरेका थिए।

फाइनलमा सुगन्धा दाते प्रतियोगिताको विजेता बनिन्।
यो वर्ष नेपालका ८ प्रतिस्पर्धी सहभागी थिए।
१२ वर्षका आयुष र ११ वर्षका प्रितम कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएर टप ३० मा परेका थिए।

Facebook Comments Box