काठमाडौं । ‘नवौं राष्ट्रिय ललितकला प्रर्दशनी’ काठमाडौंमा सुरु भएको छ ।
आर्ट काउन्सिल बबरमहलमा शुरु प्रदर्शनीको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आर्ट उद्घाटन गरे । उद्घाटनका क्रममा रक्षामन्त्री पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए।
प्रदर्शनीमा करिब ५ सय चित्र, मूर्ति तथा हस्तकला प्रदर्शनीमा राखिएका छन्। प्रर्दशनी २० दिनसम्म चल्नेछ ।
Facebook Comments Box