काठमाण्डौ । ओखलढुंगा ठूलाछापका गीतकार प्रवीण कटवालले पहिलो एल्बमका रुपमा शुभारम्भ बजारमा ल्याएका छन् । यो सिंगल ट्रयाक एल्बम हो । पहिलो एल्बम भएकाले यसको नाम नै शुभारम्भ राखेको प्रवीणले बताएका छन् ।
यो एल्बममा समावेश गीतमा गायक स्वरुपराज आचार्यले स्वर दिएका छन् । गीतमा गोविन्दमधुर आचार्यले संगीत भरेका छन् । केही समयपछि यसको भिडियो पनि सार्वजनिक हुने प्रवीणले जानकारी दिए । त्यसो त उनी गीतसंग्रह ‘आकाशको फल’ को प्रकाशन पनि गर्दैछन् ।
Facebook Comments Box