काठमाडाैं । यसवर्षकाे फाेटाे पत्रकारिता तर्फकाे लाईफ टाइम एचिभमेन्ट अवार्ड फाेटाे पत्रकार मीनरत्न बज्रचार्यलाई प्रदान गरिएकाे छ ।
राष्ट्रिय फोटो पत्रकार समूहले राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर बज्रचार्यलाई सम्मान गरेकाे हाे । फाेटाे पत्रकारितामार्फत देशका विभिन्न घट्नाक्रमकाे साक्षी रहेका बज्रचार्यले ५० हजार नगदसहित लाइफ टाइम एचिभमेन्ट अवार्ड पाएका हुन् ।
विगत ३ वर्षयता समूहले हरेक वर्ष नेपाली फाेटाे पत्रकारिता क्षेत्रमा याेगदान पुर्याउने व्यक्तिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्दै आएको छ । बज्रचार्यले खिचेका फाेटाेहरु मध्ये २०४६ सालकाे जनआन्दाेलनका क्रममा खिचिएकाे दुर्गा थापाकाे फाेटाे हालसम्म सबै भन्दा धेरै छापिएकाे फाेटाे मानिएकाे छ ।

यसबाहे समूहले अन्य १५ विधामा अवार्ड वितरण गरेकाे छ । जसमा ७ वटा प्रदेशबाट १-१ जना, विधागत रुपमा रुपमा ७ वटा र अन्य एउटा विधामा ५ जनालाई सम्मान गरेकाे छ ।