गायक शिशिर योगीकाे आवाजमा नयाँ गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे ।
‘जिन्दगानी’ बोलको गीतकाे रचना पत्रकार शिवराज याेगीले गरेका छन् । याे गीत मार्फत पत्रकारले याेगीले पहिलाे पटक अाफूलाई गीतकारका रुपमा सार्वजनिक गरेका छन् ।
गीतमा चर्चित संगीतकार अर्जुन नेपालीले संगीत भरेका छन् भने गीतको म्युजिक भिडियोमा विनोद, प्रविन, कुसुम र सन्दिपले अभिनय गरेका छन् ।
दिपेश उपाध्याय, विजयी र केशवले गीतको भिडियो उच्च प्रविधियुक्त क्यामेरा प्रयोग गरेर छायांकन गरेका हुन् । मकवानपुरको चित्लाङ, ललितपुरको गोदावरी हुँदै काठमाडौैंको वसन्तपुरका रमणीय दृश्य गीतमा कैद गरिएका छन् ।
सेती नदीको छेवैमा अस्तित्वहीन द्वारी खोला मिसिएर बगेझैं जिन्दगीको यात्रा पनि निरन्तर चल्नु र चलाउनु नियति हो भन्ने आसयको गीतको भिडियो सम्पादन गिरीजा केसीले गरेका हुन् । म्यूजिक भिडियोको निर्देशन भक्त पौडलले गरेका छन् भने साथी मिडिया प्रालिले भिडियो निर्माण गरेको हो ।
२०५९ सालतिर गोरखापत्रमा आवद्ध भएर टोडीमा रहँदा लेखेका शब्द गीतका रूपमा सार्वजनिक भएको योगीले बताएका छन् ।