चाडपर्व लागेसंगै चाडपर्वसंग सम्बन्धित गीत संगीत गाउँ शहरनै गुञ्जयमान हुन्छन् । यही मेसाे पारेर नयाँ नयाँ गीतहरु पनि सार्वजनिक हुने गरेका छन् ।
फरक स्वरका कारण दर्शकमाझ परिचित गायिका आस्था राउतले पनि दशैंकाे मेसाे पारेर दशैं गीतकाे म्युजिक भिडियाे लिएर अाएकी छिन् ।
लाेक अाधुनिक लयमा रहेकाे ‘दसैं अायाे’ बाेलकाे गीतमा विशुद्ध नेपाली चाडबाड र त्यसले अाम मानिसमा ल्याउने उत्साहलाई समेटिएकाे छ । यस बाहेक गीतकाे भिडियाेमा स साना हाम्रा सांस्कृतिक पाटाेलाई पनि राम्राेसंग देखाइएकाे छ ।
सुरेश अधिकारीकाे रचना र संगीत रहेकाे गीतमा माेडल बिनु शाक्यकाे फिचरीङ रहेकाे छ । साइवा शर्मा र दिपक केसीले छायाँङ्कन गरेकाे गीतकाे भिडियाेलाई विनाेद न्याैपानेले सम्पादन गरेका छन् । भिडियाेमा काेरियाेग्राफि भुवनदास श्रेष्ठले गरेका छन् ।
हेराैं भिडियाेः
Facebook Comments Box