प्रमाेद खरेलकाे स्वरमा रहेकाे ‘दिएँ बिदा मनैबाट’ बाेलकाे गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ ।
पुष्प अञ्जानको रचना रहेको उक्त गीतमा भुवन प्रकाश बेदुकाे संगीत रहेकाे छ । आमोश तामाङको संगीत संयोजन रहेको छ ।
बिक्रम चाैहानले निर्देशन गरेको गीतको भिडियोमा प्रेम र अाशाले फिचरिङ गरेका छन् ।
गीतको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् ।
Facebook Comments Box