पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय झापाली गायक सिमान्त सन्तोष र रमा अर्यालको नयाँ गीत कसरी भनु म‘’ युटुव मार्फत सार्वजनिक भएको छ ।
संजय घिमिरेको रचना रहेको उक्त गीतमा भीम जिसीको संगीत तथा आमोश तामाङको संगीत संयोजन रहेको छ ।
लोमस पौडेलले निर्देशन गरेको गीतको भिडियोमा चन्द्र र प्रतिक्षा फिचरिङ छन् । प्रेमील जोडीको माया र प्रेमलाई दर्साउने गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।
अर्जुन सापकोटाले छायाँकन गरेको गीतको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् ।
हेराैं भिडियाेः
Facebook Comments Box