काठमाडौः करिब २५ वर्ष देखि अनवरत रुपमा सांङ्गितीक क्षेत्रमा लागी थुप्रै गीत संगीतको श्रृजना गरेका गायक तथा संगीतकार कृष्ण भण्डारीको सुमधुर स्वरमा सु-सज्जित ‘कर्के नजर’ बोलको गीत सार्वजनीक भएको छ ।
गीतमा शब्द भिजन गुरागाईं र संगीत गायक भण्डारी स्वयंमको रहेको छ भने संगीत संयोजन सुरज श्रष्ठले गरेका छन् । पुर्वका भजन सम्राट उपनामले परिचित कृष्ण भण्डारी नेपालमै भजनमा र्याप गर्ने प्रथम गायक हुन् ।
उनको ‘कृष्ण काले नक्कले’, ‘धुन बज्यो बज्यो’, ‘कृष्ण जी मन पर्यो मलाई’ लगायत दर्जनौ गीत भजन चर्चितमा छन् साथै श्रीकृष्ण लुइँटेलको स्वरमा रहेको ‘बाँके बर्दिया’ ‘ओए बिम्ली’मा उनकै संगीत रहेको छ ।
सार्वजनिक भएको ‘कर्के’ नजर लोक लय र गजल मेलोडीको रहेको छ । गीतको भिडियोमा भिजे प्रहिल कार्कीको अभिनय रहेको छ भने उत्सल पाठकको छायांकन रहेको छ । भिडियोको सम्पादन माधव बेल्वासे गरेका छन् ।
साथै गीतको सम्पुर्ण छायाङ्कन काठमाडौँमा भएको हो । गीतको भिडियोलाई राजकुमार खातीले निर्देशन गरेका हुन् ।