काठमाण्डाैं । पत्रकार कृष्ण आचार्यको पहिलो उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएकाे हाे ।
सामाजिक मनोविज्ञानलाई विषयवस्तुमा अाधारित पुस्तकलाई साहित्यकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा र कवि ज्योती जंगलले सार्वजनिक गरेका थिए ।
कार्यक्रममा बोल्दै साहित्यकार धरावासीले वर्तमान समय सापेक्ष विषयवस्तुलाई समेटेर उपन्यास तयार पारेकाले यसले आम पाठकको मन जित्ने धारणा व्यक्तगरे ।
त्यस्तै कवि जंगलले समाजमा रहेको वर्तमान अवस्था र युवा मानसिकतालाई उपन्यासमा निकै सरल तथा मिठो ढंगले प्रस्तुत गरिएको धारणा व्यक्त गरिन् । गायक शर्माले उपन्यासको भाषा निकै सरल र विषयवस्तुले युवापुस्तालाई केन्द्रमा राखेर लेखिएकाले उपन्यास उत्कृष्ट रहेको बताए । पत्रकार अाचार्य नयाँपत्रिका दैनिकमा कार्यरत छन् ।