गायिकाद्वय जुना प्रसाईं र प्राश्ना शाक्यकाे तीज गीत सार्वजनिक भएकाे छ । ‘तीज आयो, आफूलाईचैं अर्कै व्यथा छ…’ बोलको गीत युटुबमार्फत सार्वजनिक भएकाे छ ।
गीतमा शिव हमालको शब्द तथा संगीत छ भने विश्वास नेपालले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।
मनिता गहतराजद्वारा कोरियोग्राफी गरिएको उक्त भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।
म्युजिक भिडियोमा जुना र प्राश्नालेनै नृत्य गरेका छन् । भिडियोमा उनीहरुलाई अभिनेता ध्रुव न्यौपानेले साथ दिएका छन् । भिडियो निर्देशन युवराज वाइवाले गरेका छन् । भिडियाेः
Facebook Comments Box