काठमाडौं । पप गायक नविन के भट्टराईले लामाे समयपछि नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘अनिदो भए’ बोलको गीतको भिडियो युटुबमार्फत सार्वजनिक भएका हो ।
गीतमा स्वर र संगीत भट्टराईकै छ । गीतको रचना भने नविना भट्टराईले गरेकी हुन् । भिडियोमा दिपान्स भण्डारी र रोजा खड्गीले अभिनय गरेका छन् ।
साँझपख एकान्तमा.., डर लाग्छ.., तिमीले हेर्दा कसैलाईजस्ता गीत गायक भट्टराईका लोकप्रिय छन् ।
Facebook Comments Box