फिल्म ‘छक्का पञ्जा ३’ को पहिलो गीत रिलिज भएको छ।
फिल्मको ‘पहिलो नम्बर’मा बोलको लोकलयमा आधारित गीत अाज युटुबमार्फत रिलिज गरिएको हो।
दीपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्दमा तयार भएको गीतमा डेभीड शंकर तथा बिन्दु परियारको स्वर रहेको छ। विवाहको परिदृश्यमा खिचिएको यस गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । दीपाश्री निरौला निर्देशित फिल्मको कथा तथा पटकथा दीपकराज गिरीले लेखेका हुन्।
भिडियोमा फिल्मका प्राय: मुख्य कलाकारहरू फिचरिङ छन्। गीतको भिडियोमा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्कालाई पनि फिचर गरिएको छ। उनीहरू भने यस गीतको भिडियोमा मात्र देखिनेछन्। संजोग कोइराला तथा दीपिका प्रसाईं यस सिरिजमा थपिएका नयाँ कलाकार हुन्। फिल्म दशैँमा रिलिज गर्ने निर्माण पक्षले बताएकाे छ ।
Facebook Comments Box