काठमाडौँ । चलचित्र ‘नाई नभन्नु ल ५’ को ‘तिम्रो आँखामा आँखा जुधाई’ बोलको पहिलो गीत सार्वजनिक भएको छ ।
चलचित्र आगामी भदौ ८ गतेदेखी देशब्यापी रुपमा प्रदर्शनमा आउने छ । गीतकाे म्युजिक भिडियाेमा नायिका स्वस्तिमा खड्का र नव–नायक अभिषेक नेपालको अभिनय रहेको छ । गीतको सुरुवातमा भने दुई बालकलाकारलाई देख्न सकिन्छ ।
मेलिना राईको स्वरमा रहेको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ भने दिनेश थपलियाको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सिन्धुली, ईलाम र अन्य रमणीय स्थानहरु देख्न सकिन्छ ।
Facebook Comments Box