काठमाडौं । चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुनर्बहाली हुने भएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने वर्तमान सरकारको निर्णयपछि पदमुक्त भएकी पाैडेलकाे सर्वाेच्चकाे अादेश संगै पुनबर्हाली हुने भएकाे हाे ।
पाैडेलले सरकारको निर्णयप्रति असहमति जनाउँदै सर्वोच्च अदालतमा हालेको रिटको सुनुवाइ गर्दै अर्को आदेश नआएसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरकालीन अन्तरिम आदेश दिएको हो।
आफू प्रक्रियागत रूपमा नै बोर्डको अध्यक्ष पदमा नियुक्त भएको पाैडेलले भन्दै सरकारको निर्णयप्रति असहमति जनाउँदै रिट दायर गरेकी थिइन्। सर्वोच्चको अन्तरिम आदेशसँगै उनको चलचित्र विकास बोर्डमा पुनर्बहाली हुने निश्चित भएको हो।
Facebook Comments Box