केहि वर्षकाे प्रेम सम्बन्धपछि अन्ततः अभिनेत्री प्रियंका कार्कीले अभिनेता अायुष्मान देशराजसंग इन्गेज्मेन्ट गरेकी छन् । अभिनेत्री कार्कीले शनिवार आयुष्मानसँग इन्गेज्मेन्ट गरेकी हुन्।
शनिबार आफ्ना निकट पारिवारिक सदस्यहरूको उपस्थितिमा दुबैले इन्गेज्मेन्ट गरेका हुन्।

दुवैको इन्गेज्मेन्टको फोटो आयुष्मानकी आमा रविना देशराज श्रेष्ठले आफ्नो सामाजिक संजालमा राख्दै बधाई दिएकी छन्।
इन्गेज्मेन्ट भएपनि उनीहरूकाे विवाहकाे बारेमा भने केहि सार्वजनिक गरिएकाे छैन्।

Facebook Comments Box