काँकरभिट्टा । भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई शुक्रबार भव्य सम्मान गरेको छ।
हेर्नुहोस् भिडियोः
सम्मान ग्रहण गर्दै उनीहरुले आफूहरुमा सामाजिक काम गर्ने जाँगर अझ बढेर आएको बताए। कलाकार धुर्मुसले भने, ‘हामी देश बनाउन हिँडेका मान्छेलाई तपाईंहरुको सम्मानले हामीलाई अझ बलियो बनाएको छ। काम गर्ने हौसला बढाएको छ।’
कलाकार कुञ्जना घिमिरेले आफूहरु काम गर्ने मान्छे भएकाले अलि अलि आलोचना हुँदैमा निरास हुनुपर्ने अवस्था नरहेको बताइन्। उनले भनिन्, ‘सामाजिक सञ्जालहरुमा भएका टिप्पणीहरुले हामीलाई विचलित बनाएको छैन।’

२०५ औँ भानु जयन्तीको अवसरमा काँकडभिट्टामा भएको कार्यक्रममा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत उनीहरुलाई रु एक लाखको भानु पुरस्कार प्रदान गरिएको हो।
पत्रकार राजु अधिकारीलाई रु २५ हजारको धनमाया देवकुमारी, प्रजापति उप्रेती पत्रकारिता पुरस्कार र साहित्यकार राजेन्द्र संग्रौलालाई रु २५ हजारको हेमराज मेदनी खरेल साहित्यिक पुरस्कार प्रदान गरिएको छ।
दृष्टिविहीन गायक जेठा मुर्मुलाई भानु प्रतिभा पुरस्कार र इञ्जिनियर रुद्र मैनालीलाई प्रतिभा सम्मान प्रदान गरिएको छ।