इलामेली गायक हिरन सुनदाशकाे अावाजमा रहेकाे ‘पर्खी राख इलाम’ बाेलकाे गीत युटुब मार्फत सार्वजनिक भएकाे छ । गीतमा पर्यटकीय नगरी इलामकाे साैन्दर्यतालाई गायकले अाफ्नाे मायालुसंग तुलना गरेका छन् ।

गायक सुनदाशकै रचना रहेकाे उक्त गीतमा महेन्द्र राईले संगीत भरेका छन् भने कम्पाेज पनि उनैले गरेका छन् । यसैगरि गीतकाे एरेन्ज बुद्ध सायमीले गरेका छन् ।
पर्यटकीय हिसावले इलाम अान्तरिक र बाह्य पर्यटकका लागि पनि उत्कृष्ट गन्तब्य रहेकाे छ । यस्ता गीतहरुले पर्यटन प्रवर्धनमा टेवा पुग्ने धेरैकाे भनाइ छ ।
Facebook Comments Box