विर्तामोड । काठमाडौं उपत्यकामा मात्र सीमित रहेको मानिने थिएटरको प्रदर्शन यति खेर उपत्यका बाहिर पनि यसको लोकप्रियता बढ्न थालेको छ । पूर्वी नेपालको झापामा मात्र एक वर्षमा दर्जन भन्दा बढी थिएटर नाटक मञ्चन भइसकेको छ ।
यो मध्ये नेपालमा ख्याती कमाई सकेको “लाटीको छोरो” बिर्तामोडमा एक हप्ता मञ्चन हुदा दर्शकहरुको भिडम्भीडका कारण थिएटर हेर्नेहरुको चासो बढ्न थालेको नाटकका परिकल्पनाकार प्रकाश दाहालले बताए । “नाटक लाटिको छोरो १९ पटकसम्म मञ्चन हुदा दर्शकहरु थामि नसक्नु थियो” उनले भने, “झापाका दर्शकहरुमा थिएटर नाटकको आकर्षण राम्रो छ ।”

उनी मात्र होइन पूर्वको थिएटरमा राम्रो नाम कमाई सकेको क्षितिज नाटिय समुहका अध्यक्ष माधव कल्पीत समेतका कलाकारहरुले भर्खरै थिएटर नाटक “पर्खाल” मञ्चन गरिसकेका छन् । उनले पनि पूर्वी नेपालमा नाटक प्रति दर्शकको आकर्षण बढ्दो रहेको बताए । उनले भने, “नाटक पर्खाल २१ पटक सञ्चन गर्दा १२ हजार भन्दा बढी दर्शकहरुको भिड हामीले पायौ ।” क्षितिज नाटिय समुहले पर्खाल, इजलासको फौसला, चिताबाट प्रश्न जस्ता राष्ट्र स्थरका साथै दर्जन भन्दा बढी थिएटर मञ्चन गरिसकेको छ ।
त्यस्तै पूर्वी नेपालको काँकरभिट्टामा रहेर नाटक, सडक नाटक र थिएटर नाटक मञ्चन राम्रो ख्याति कमाई सकेकी परिवर्तत थ्रीएटर झापाकी अध्यक्ष कबिता नेपालको टोलीले पनि भर्खरै मात्र “राजाको नयाँ लुगा” नाटक मञ्चन गरिसकेका छन् ।
कविताका अनुसार फिल्म हलका ठूला पर्दामा मात्र सिमित भएका दर्शकहरु थ्रिएटरको चासो पूर्वमा समेत बढ्ेकाले थ्रिएटरको राम्रो बजार बढ्न हुनसक्छ । उनले भनिन्, ‘पूर्वमा नाटकले राम्रो बजार लिन थालेको छ ।’ परिवर्तन थीएटर झापाले गत वर्ष आधा दर्जन भन्दा बढी नाटक मञ्चन गरेको थियो ।
तेस्रो लिङ्गीको भावनामा आधारित थिएटर नाटक “जिउँदो आकाश” झापामा मञ्चन भएको छ । झापामा नाटक “लाटीको छोरो”को सफलतापछि दोस्रो पटक आर्ट स्टुडियो टिमले झापाको बिर्तामोडमा नाटक मञ्चन गरेको हो ।

समाजमा यौनिक अल्पसंख्यक (तेस्रो लिङ्गी) मानिसहरुले व्यहोर्नुपरेका समस्याहरुलाई प्रस्तुत गरि तेस्रो लिङ्गीलाई समुदायले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन यो नाटकले भुमिका खेल्ने नाटकका संयोजक समेत रहेका प्रकाश दाहालले बताए ।
भारतको आठौँ अन्तर्राष्ट्रिय फेस्टिभलमा (थिएटर ओलम्पिक २०१८) नाटक ‘जिउँदो आकाश’ छानिएर फागुन २८ गते गुहाटी र ३० गते दिल्लीमा मञ्चन भइसकेको साथै नेपालको उपत्यका भित्र र बाहिर बिभिन्न थिएटरमा ५१ पटक भन्दा बढी मञ्चन भइसकेको दाहालले जानकारी दिए ।
चन्द्रप्रसाद पाण्डेको लेखन तथा आरके मेहेता रोशनको निर्देशन रहेको नाटक “जिउँदो आकाश”मा रङ्गकर्मी अनिल सुब्बाको एकल अभिनय हेर्न पाइन्छ । एक घण्टा लामो यो नाटकमा अनिलले तेस्रोलिङ्गीका समस्या र भावनालाई प्रस्तुत गरिएको छ ।