विर्तामोड । चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मार्भेल सिपिभिसी प्लम्बिङ पाइपको प्रचारका लागि झापा आएका छन्। उनीहरुले उक्त पाइप गुणस्तरीय भएको दाबी गरेका छन्।
शनिवार झापाको विर्तामोडमा कम्पनीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले त्यस्तो दाबी गरेका हुन्।

उनीहरु भन्छन्, ‘हामी सामाजिक सन्देशका लागि सन्देशमूलक विज्ञापनहरुमा अभिनय गर्यौं। तर अहिले समय फेरिएको छ। राम्रा निजी कम्पनीहरुका गुणस्तरीय उत्पादनमा हामी अभिनय थालेका हौं।’
मदनकृष्ण श्रेष्ठले भने, ‘सरकारले पनि अब समृद्धिको बाटोमा देश हिँड्न शुरु गर्यो भनेका कारण त्यस्मा निजी कम्पनीहरुको ठूलो हात हुन्छ।’

अर्का कलाकार हरिवंश आचार्यले आफूहरु संलग्न निजी कम्पनीहरुको उत्पादन गुणस्तरीय भए मात्र विज्ञापनमा सुनिने वा देखिने बताए। उनले भने, ‘देश बनाउन निजी कम्पनीहरुको ठूलो योगदान छ र रहनेछ।’
