एजेन्सी। दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनित फिल्म ‘काला’को ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरमा रजनीकान्तको एक्सनसहितकाे अभिनय देख्न सकिन्छ। फिल्ममा रजनीकान्तसँगै नाना पाटेकर खलनायकका रुपमा देखिएका छन्।
फिल्ममा जग्गा सम्बन्धी विवादलाई मुख्य कथाबस्तु बनाइएको छ। काला फिल्ममा रजनीकान्तले ‘काला’ पात्रकै भूमिका निर्वाह गरेका छन्। फिल्म आगामी जुन ७ बाट प्रदर्शनीमा आउँदैछ।
Facebook Comments Box