काँकरभिट्टा । परिवर्तन थिएटरमा ‘राजाको नयाँ लुगा’ नामक नाटक प्रदर्शन भइरहेको छ । प्रदर्शनको दोस्रो दिन आइतवार चर्चित नेपाली कलाकार दयाहाङ राई र कलाकार अरुणा कार्कीले नाटक हेरेका थिए ।
युवा रंगकर्मी सागर खातीको परिकल्पना र निर्देशनमा शनिवारदेखि परिवर्तन नाटक घरमा नाटक जारी छ । नाटक हेरेपछि कलाकार राईले परिवर्तन थिएटरको कामको मुक्तकन्ठले प्रशंसा गर्दै, मोफसलमा टिकट काटेर नाटक हेर्ने संस्कारको विकास गरेकोमा खुसी व्यक्त गरे ।
कलाकार कार्कीले पनि झापामा थिएटर हेर्ने संस्कारको विकास शुरु भएकोमा खुशी प्रकट गरिन् ।
कवि नवराज पराजुलीले पनि परिवर्तन थिएटरको कामको मुल्यांकन गरे ।
कलाकार दयाहांगले निर्देशक खातीलाई सम्मान पनि गरेका थिए । नाटकमा आयुष खतिवडा, मृदुल दाहाल, मनिषा गजमेर,सुस्मा श्रेष्ठ, सचिता तामांग, अभिषेक गर्तौला, गणेश वस्नेत, क्रिसला वस्नेत, आपरिन खातुन, सम्झना दास, कोपिलानिरौला, निर्मल तामांग, कल्पना, सोनिया कार्की, पुजा आचार्य, विराज पौडेललगायतका कलाकारले अभिनय गरेका थिए ।
दयाहांग राई र अरुणा कार्कीलगायतका कलाकारको आगमनले रंगकर्मीहरुलाई हौसला मिलेको वताइन् ।