काठमाडौं । वरिष्ठ हास्ँय कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ ।
६७ वर्षीया सुवेदीको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि क्यान्सर पीडित उहाँलाई ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित हुनुहुन्थ्यो । अहिले धेरैजसो कलाकार अस्पताल पुगेका छन् ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार किरण केसीले जानकारी दिनुभयो । २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उहाँको जन्म भएको थियो ।
Facebook Comments Box