नायिका केकी अधिकारीले राजधानीमा अयाोजित एक समारोहबीच आफ्नो प्रस्तुतिमा निर्मित पहिलो फिल्म कोहलपुर एक्सप्रेसको ट्रेलर सार्वजनिक गरेकी छिन्।
फिल्मको ट्रेलर हेर्दा फिल्म कमेडी बेसमा रहेको प्रस्ट हुन्छ। यसको ट्रेलरमा अभिनेता रवीन्द्र झालाई धेरै देखिन्छ भने ट्रेलर हेर्दा फिल्म पैसाको झेलमा केन्द्रित रहेको पाइन्छ। ‘मेरो फिल्मले कसैलाई केही सिकाउँदैन, पाठ पढाउँदैन’, कार्यक्रममा फिल्मका निर्देशक विशाल भण्डारीले भने– ‘केवल १ घण्टा ५५ मिनेट पूर्णरूपमा हसाउँछ।’ विशालले पहिलोपटक फिल्म निर्देशन गरेका हुन्। यसअघि उनले दर्जनौं म्युजिक भिडियो निर्देशन गरेका थिए। त्यसैको अनुभव सँगालेर उनी फिल्म निर्देशनमा आएका हुन्। नेपाल समाचारपत्रमा खबर छ ।
Facebook Comments Box