काठमाडौं । डा. कृष्णहरि बरालको शब्द, गैरे सुरेशको संगीत र नीरा रानाभाटको सुमधूर स्वरमा रहेको गीतको म्युजिकभिडियो हालसालै युट्युवमा सार्वजनिकभएको छ । भिडियोमादीपिकाढकालको मुख्यअभिनय रहेको छ भने उनलाई प्रतिक र परी शाक्यले साथदिएकाछन् ।
डा. कृष्णहरि बराल, गैरे सुरेश र नीरा रानाभाटको संगम रहेको गीत यो पहिलो भने होइन । सञ्चारकर्मी समेत रहेकीनीरा रानाभाटकै स्वरमायसअघि नै ‘कतिबोलेर पछुताउँछन्’ गीत र भिडियोले स्रोतारदर्शकको मन जितिसकेको छ । ‘बिरामी छ मन’ सँगै नीराकै स्वरमाअन्य केहीगीत र भिडियोसँगै निकटभविष्यमै एल्बम सार्वजनिकहुने गैरे सुरेश बताउँछन् । ‘बिरामी छ मन’गीतको भिडियो र गीतले निकै राम्रो प्रतिक्रियापाइरहेकोमाहर्षित् छन् उनी ।
प्रकेश सिन्धुलीयको निर्देशन रहेको उक्तगीतको भिडियोमावीपी राजमार्ग छेउछाउकामनोरम दृश्यहरु समेत छायाङ्कनगरिएको छ । प्रेममा रहेकी एक युवतीगर्भवतीभएर परिवारबाटपनितिरस्कृत भएपछिपनिहतोत्साहितहुनुको साटो बरु सहरको भीडभाडबाटबाहिर गई कटेरो बनाएरै भएपनिजीविकोपार्जन गरेको मार्मिक कथाभिडियोमा देख्न सकिन्छ । कविताको भिडियो बनाउने नयाँकामको सुरुवात गरेको ‘दैलो आर्टस्’ ले यस गीतको भिडियोलाई प्रस्तुत गरेको हो ।
भिडियोः