काठमाडौं । महेन्द्रमान तामाङको स्वर, संगीत र शब्दमा रहेको गीत यो कस्तो मायाको भिडियो सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेम सम्बन्धको कथा बोकेको भिडियोमा अनुप शर्मा, एलिना र रोजिनाको अभिनय रहेको छ ।
पुनम अडियो भिडियो सोल्युसनको प्रस्तुति र महेश विक्रम पाण्डेको निर्देशनमा बनेको भिडियोमा अनुप शर्माको अभिनय तारिफयोग्य छ । विगत केही वर्षदेखि मोडलिङमा सक्रिय अनुपको यो दसौँ भिडियो हो । छोटो समयमै म्युजिक भिडियोमा जम्न थालेका उनको अभिनय कला निखारिँदै गएको यस भिडियोमा देख्न सकिन्छ ।
‘भिडियोबाट निकै राम्रो प्रतिक्रिया पाइरहेका छौँ’ अनुपले थपे, ‘यसलगत्तै पञ्चेबाजामा मल्लाज मेरो गाउँ गीतको छायाङ्कनमा पर्वतको मल्लाज जाने तयारीमा छौँ, सकारात्मक प्रतिक्रियाले अझ काम गर्ने हौसला बढेको छ ।’
भर्खरै भारतको गोवाबाट सुटिङ सकाएर आएका अनुपका निकट भविष्यमै चार म्युजिक भिडियो रिलिजको पर्खाइमा छन् ।
भिडियोः