साँच्चै भन्नुपर्दा ढाँट्न,
तिमीले नै सिकाको हो
गाऊँगाऊँ गइ कुरा काट्न,
तिमीले नै सिकाको हो
फलको आशा विना कर्म, गर्ने गर्थें सँधै म चैँ
मह काढ्दा हात चाट्न, तिमीले नै सिकाको हो
मौका छोप्नु, फाइदा लुट्नु, मेरा लागि निन्दायोग्य
मालसंग कु-माल साट्न, तिमीले नै सिकाको हो
साथीसँगी, नातागोता केलाइकुलाइ समेट्थें म
एक्लो हुन, बाझ्न – फाट्न, तिमीले नै सिकाको हो
‘अन्जान’ थिएँ र त झुटो बोल्न – गर्न जान्दिन थें
उल्टोसुल्टो कुरा बाट्न, तिमीले नै सिकाको हो
– पृथ्वीनगर -८, प्रतिभा चौक, झापा हाल अमेरिका
Facebook Comments Box
1 Comment
धेरै राम्रो छ।