झापा । नेपाली भाषाका प्रख्यात साहित्यकार ९० वर्षीय इन्द्रबहादुर राईको मंगलबार साँझ निधन भएको छ।
लीलालेखनका सुरुवातकर्ता तथा आयामेली साहित्यका सर्जक राई दार्जिलिङमा बसोबास गर्थे। गत फेब्रुअरी ३ मा उनको ९० औँ जन्मदिन मनाइएको थियो। उनी लामो समयदेखि विभिन्न विरामीसँग जुधिरहेका थिए।
दार्जिलिङको स्थानीय पत्रिका खबर पोस्टका अनुसार उनको मंगलबार साँझ निधन भएको हो।
Facebook Comments Box