काठमाडौं । चलचित्र ‘ साढे ७’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ।
चलचित्रको यसअघि पनि ट्रेलर सार्वजनिक भएको थियो। जसमा राजनीतिक आन्दोलनको रिपोर्टिङका लागि तराई पुगेका एक फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्वन्द्वलाई देखाइएको छ। सार्वजनिक गरिएको ट्रेलरमा गायक सत्यराज आचार्य सिनेमाका केन्द्रीय पात्रका रुपमा देखाइएको छ ।
फिल्ममा सत्यराजसहित मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल लगायत कलाकारको मुख्य अभिनय रहेको छ। यो फिल्ममा साम्तेन भुटियाको लेखन तथा निर्देशन छ। फिल्म यहि फागुन ११ गतेदेखि प्रदर्शनमा आउने जनाइएको छ ।
भिडिओः
https://youtu.be/UokrBPZE4Ww
Facebook Comments Box