काठमाडौं । लेखक तथा पत्रकार यज्ञशको कृति ‘भुइयाँ’लाई दुई लाख रुपैयाँ बढीको पहिचान पुरस्कार दिइने भएको छ।
बेलायतको लण्डनमा रहेको पहिचान पुरस्कार कोषले दुई लाख दुई हजार दुई रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गर्ने भएको हो।
‘भुइयाँ’ले पहिचानविहीन भुइँमा रहेका समुदाय र मानिसको कथालाई पुस्तकमा उतारेको भन्दै पहिचानप्राप्तिका लागि संघर्ष गरिरहेका जाति र समुदायका बारेमा लेखिएको हुनाले उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय गरिएको कोषले जनाएको छ। ले?
लेखनका माध्यमबाट पहिचानको मुद्दालाई सहयोग गर्न नेपाली कला, साहित्य र संस्कृतिसम्बन्धी पुस्तकलाई सम्मानित र पुरस्कृत गर्न सन् २०१५ मा ‘पहिचान पुरस्कार’ घोषणा गरिएको हो। हरेक पाँच वर्षमा पुरस्कार राशि बढाइने कोषले बताएको छ।
Facebook Comments Box