झापा । अंग्रेजी नयाँ वर्ष २०१८को अवसरमा गायक भुपु पाण्डेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा पुस्ताका चर्चित गायक पाण्डेको आवाजमा रहेको गीत ‘लिला’को भिडियो सार्वजनिक गरीएको हो । गीतमा विनय ढुङ्गेलको शव्द तथा गायक स्वयंको संगीत रहेको छ ।
‘लिला’लाई शुन्दर लाओतीले निर्देशन गरेका हुन् । एउटी शुन्दर युवतीमाथी गरीएको एसीड प्रहार र यसबाट निम्तिएको समस्यालाई म्युजिक भिडियोमा देखाउने प्रयास गरीएको निर्देशक लाओतीले बताए ।
भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र संगीता राईले अभिनय गरेका छन् । पुर्वको रमणीय जिल्ला झापामा भिडियोको छायाङ्कन गरीएको हो । एल्वम ‘मायावी’मा समावेश रहेको यस गीतलाई धेरैले मन पराएको र भिडियो पनि राम्रो बनेको गायक पाण्डेले बताए ।
दर्जनौ गीतहरुमा आवाज भरेका पाण्डेका प्राय सबै गीतहरु चर्चित छन् । ‘चम्पा’, ‘एसेप्ट गर’, ‘सुरुमै काम सोधे’ ‘राम्रीले वितायो’ लगायतका गीतहरु उनका चर्चा बटुल्न सफल गीतहरु हुन् ।
अर्जुन सापकोटाको छायाङ्कनमा तयार पारीएको यस म्युजिक भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् गीतः
https://www.youtube.com/watch?v=va-6IyZaucs