आगोसंग पनि खेल्छु म
पानीको त के कुरा…..
धमिलो भेलले बगाएर लैजान्छ कि भन्ने पीर छ
डढेलोले स्वाहा बनाउँला कि भन्ने पीर छ ।
………………………………………………………
मैदानमा उत्रेको छु
खुट्टा तान्ने लठैतहरुको छिर्केबाट पनि जोगिनु छ
तित्राझैं कुरा काट्ने व्यसायिक हुँ भन्नेहरुसंग पनि जोगिनु छ
अजिंगररुपी कतिबेला झम्टिन्छन् थाहै नहुनेहरुसंग पनि बच्नु छ ।
……………………………………………………..
हरेक पेशामा ठेकेदारहरु भेटिएका छन्
चाहन्छन् यी सबै मेरा पाउमा परुन्
तर म भन्छु,
पेशा स्वतन्त्र छ, हुन्छ र रहनेछ ।
……………………………………………………
ब्वाँसारुपीहरुले तिमीलाई पनि आक्रमण गर्लान्
चिथोर्न खोज्लान्, रगत पिउने कोशिस गर्लान्
नआत्तिनु, तिमीसंग तिमीभित्रको अजंग साहस मैले देखेकी छु
म त बाहिर निस्किसकें ।।।
Facebook Comments Box