मस्त नशामा अर्धबेहोसीको तालमा मैँले भुलाउन खोजेँ मैँले बिर्सन चाहेँ आफु हुनुको अस्तित्व एक्लो हुनुको पिडा तर यि निर्दयी रातहरु आकाशमा झल्मलाएका ताराहरु त्यो जुनेली रातले सँधै कुठाराघात गरिरहे मेरै समिप रहेर मेरै अघिल्तिर रहेर निष्प्राण बनाउन चाहे र पिडाबोध गराइरहे एक्लो हुनुको पिडाबोध!
कठै!म अनि मेरो मन
तल्लिनरत मेरा
निष्काम प्रयत्नहरु
तिम्लाई भुल्ने
आफैँलाई बिर्सने
आफु हुनुको बोधबाट
अज्ञात रहने
सबै सबै प्रयासहरु
हरदम हरपल
दुखिरहे भित्र भित्रै
यसै यसै अनायसै!!
Facebook Comments Box