महेन्द्रनगर । कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेको पुस्तक कर्म: सिकाइमा गहिरिएको खाडल शिक्षकले सिरानीमा राखेर सुत्नु पर्ने महेन्द्र नगरमा आयोजित कर्म संवाद कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
रिडर्स क्बलका अध्यक्ष सुरेन्द्र ओझाले पुस्तक पढेपछि आफ्नो दृष्टिकोण बदलिएको बताए । ‘बालबालिकासँग म पनि हातेमालो गर्न चाहने मान्छे हु,’ उनले भने, ‘तैपनि मैंले बालबालिका अझै बुझेको रहेनछु, लेखले जसरी मैंले किन सोचिन ? लेखकले जसरी किने हेरिन भनेर यो पुस्तक पढेपछि सोचिरहेको छु । यो पुस्तक बालबालिका क्षेत्रमा काम गर्नेको लागि गिता हो । शिक्षकले यसलाई एक पटक मात्रै पढेर हुँदन । पटक पटक पढ्नु पर्छ । यसलाई सिरानीमा राख्नु पर्छ ।’
ग्लोबल स्कुलका प्रिन्सिपल समेत रहेका ओझाले आफूले ५० वटा किताब लेखिसकेको उल्लेख गर्दै यो पुस्तक पढेपछि सामान्य कुरा पनि गम्भीर तरिकाले उठाउन सकिंदो रहेछ भनेर आफूलाई महशुश भएको बताए । ‘अब म कर्म बोकेर बालबालिका बीच जान्छु,’ उनले भने, ‘यो पुस्तकका पात्रले केही गर्न सकिन्छ र केही गर्नु पर्छ भन्ने प्रेरणा दिएको छ ।’
कञ्चनपुर बालक्लब समाज र रिडर्स क्लबले आयोजना गरेको संवादमा बाल अभियन्ता, शिक्षक, बालबालिकाल लगायतले पुस्तकमाथि परिचर्चा गरे ।
संवाद कार्यक्रममा देशका सात वटै प्रदेशका बाल क्बल संजालका प्रतिनिधीहरु सहभागी थिए । बालक्लब संजाल काभ्रेका पूर्व अध्यक्ष सजीप न्यौपानले पुस्तकले बालमैत्री समाज निर्माण गर्न अभियान चलाएको प्रतिक्रिया दिए ।
‘यो कोठाको चौघेरामा बसेर लेखिएको पुस्तक हैन,’ उनले भने, ‘यो पुस्तकले लेख्ने काम मात्रै भएको छैन, बालबालिकाले उठाएको अभियानलाई समेत साथ दिएको छ । यसले बालबालिकाको लागि काम गर्ने निकायलाई बालमैत्री समाज निर्माण गर्न झक झकाएको छ ।’ बालक्बल संजाल सुर्खेतका पूर्व अध्यक्ष तिलक पौडेलले यो पुस्तक बालबालिको जीवन भएको प्रतिक्रिया दिए । ‘यो पुस्तक समुद्रमा जमेको हिउ पगाले जस्तो छ,’ उनले भने, ‘बालबालिकाको मनलाई यसले समाएको छ ।’
बालक्लब संमाज कन्चनपुरका कार्यत्राहक अध्यक्ष धिरज जोशीले कर्मले बालबालिकाको क्षेत्रमा नयाँ कोणबाट बहस चलाएको प्रतिक्रिया दिए । ‘यो बहस हामी देशभरी फैलाउँछौं,’ उनले भने ।
लेखक न्यौपाने हाम्रो बालबालिकालाई हेर्ने दृष्टिकोण बदल्न जरुरी भएको बताए । ‘बालबालिका हेपिएका छन्,’ न्यौपानेले भने, ‘कुनै पनि संरचना बालमैत्री छैनन् । बालमैत्रि व्यवहार नभए सम्म उनीहरुको चौतफी विकासमा बाधा हुन्छ । उनीहरुको चौतफी विकासका लागि बालमैत्री व्यवहार जरुरी छ । त्यही बहस चलाउन मैंले पुस्तक लेखेको हुँ ।’
ग्लोबल स्कुलकी भाइस प्रिन्सिपल चन्द्र पाठकले बालबालिकाको विषय गम्भीर रुपमा उठाएको प्रतित्रिया दिइन् । ‘हामी प्राकृतिक, संस्कृतिक रुपले सम्पन्न भएर पनि किन पछि पर्यौं, ?’ उनले भनिन्, ‘यो प्रश्न गम्भीर गरी पुस्तकमा उठाइएको छ,। स्रोत पचिचालन गर्न सक्यौं भने हाम्रो देश सम्पन्न बन्न सक्छ ।’
सिकाउने शैली राम्रो भयो भने बुझ्न सजिलो हुने रहेछ भन्ने शिक्षा पुस्तकले दिएको उनले प्रतिक्रिया दिइन् । न्यौपानेको दोस्रो कृति केही महिना पहिलो बजारमा आएको हो । यस अघि द्धन्द्धकालका घटना समेटेर उनले एम्बुसमा ६ वर्ष लेखेका थिए ।