काठमाडौं । कबड्डी कबड्डी फिल्मको चर्चित गीतबाट टिपिएको नाम ‘लप्पन छप्पन’को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ। कबड्डी कबड्डीमा जस्तै सौगात मल्ल र दयाहाङ राई यसमा पनि दोहोरिएका छन् ।
‘लप्पन छप्पन’मा यी दुईबाहेक वर्षा सिवाकोटी, अर्पण थापा, देवु श्रेष्ठ, प्रकाशजंग शाह, शिद खरेललगायतले अभिनय गरेका छन्। मुकुन्द भट्ट निर्देशनमा बन्ने फिल्ममा छायाङ्कन पुरुषोत्तम प्रधानको र सुरेन्द्र पौडेलको सम्पादन रहनेछ। फिल्म चैतको दोस्रो हप्ता सार्वजनिक हुनेछ।
भिडियो ः
Facebook Comments Box