काठमाडौं । यस वर्षको ब्लकवस्टर फिल्म ‘छक्का पञ्जा’को पाइरेसी भएको छ। फिल्म फेसबुकबाट बाहिरिएको हो । फेसबुकमा स्टाटस लेख्दै फिल्मका निर्माता एवम् कलाकार दीपक राज गिरीले यसको पुष्टि गरेका हुन्।
हाल दीपक र फिल्मकी निर्देशक दीपाश्री निरौला फिल्मको डायस्पोरा प्रदर्शनका लागि युरोपमा छन्।

गिरीले फिल्मको स्टाटस लिकं फेसबुकमा सेयर गर्नेहरु पनि अपराधमा जोडिनसक्ने भन्दै त्यस्तो नगर्न आग्रह गरेका छन्। फेसबुकमा अर्जुनकुमार श्रेष्ठ नामको अकाउण्टबाट फिल्म अपलोड भएको छ ।
स्टाटसमा गिरीले भ्रमण छोट्याउँदै नेपाल आउन लागेको बताउँदै नेपाल आएपछि कानुनी प्रक्रियामा लाग्ने फेसबुकमा छन्। फिल्मको डिजिटल अधिकार हाईलाईट्स नेपालले किनेको थियो।
१६ करोड बढिको कारोबार गरेको फिल्म नेपाली वक्सअफिसको सर्वाधिक सफल फिल्म हो। फिल्म अाज देखि युटुवमा हेर्न सकिने छ ।
Facebook Comments Box