काठमाडौं । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा निर्दोषलाई फसाइएको भन्दै काठमाडौंको चावाहीलमा विरोध प्रदर्शन गरिएको छ ।
बौद्ध भिक्षु समेत रहेका फुर्वा लामालाई फसाउने चलचित्र ‘कबड्डी–४’ की नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने मागसहित एक समूहले काठमाडौंको चावाहीलस्थीत केएल टावर अगाडि प्रदर्शन गरेका हुन् ।
चलचित्रको प्रचारका लागि गएका बेला आफुमाथि अभद्र व्यवहार गरेको भन्दै नायिका मगरले लामालाई पक्राउ गराएकी थिइन् ।
प्रदर्शनका क्रममा उनीहरुले कबड्डी–४ पोष्टर जलाएका थिए । यसैबीच लामालाई मंगलबार धरौटीमा रिहा गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box