झापा । गायन क्षेत्रको रियालिटी शो सारेगमप लिल च्याम्पस् नेपालको उपाधि झापाकी कृपा पौडेलले हात पारेकी छिन्।
झापा बिर्तामोडकी १४ बर्षीया कृपाले गए राति सम्पन्न फाइनलमा उपाधि हात पारेकी हुन्।
ग्यालेक्सी फोर के टेलिभिजनमा विगत १८ हप्तादेखि प्रसारण भइरहेको सारेगमप लिल च्याम्पसको फाइनलमा झापा मेचीनगरकी रोशा फुँयाल दोस्रो भएकी छिन्।
फाइनलमा स्थान बनाएका ५ जना प्रतियोगीमध्ये दुइ झापाली चेलीहरुले प्रतियोगितामा उत्कृष्ट प्रस्तुती दिएका थिए।
Facebook Comments Box