विर्तामोड । झापा शिवसताक्षी–१, शिवगञ्जका अनुप भट्टराईको ‘टाढिएर म कहाँ जाउँ, गुमाएर तिमीलाई के पो पाउँ’ बोलको गीत सार्वजनिक भएको छ । यूट्यूब च्यालनमार्फत गीत सार्वजनिक गरिएको भट्टराईले बताए ।
पूर्व रेडियोकर्मी समेत रहेका उनी अहिले क्लासिकल म्यूजिकको ३ वर्षमा अध्ययन गर्दैछन् । आफ्नै शब्द एवम् संगीतमा रहेका यो गीतलाई सुलभ घिमिरेले एरेन्ज गरेका छन् । विर्ताबजारस्थित एससिएन इन्टरटेन्मेन्टमा यो गीत रेकर्ड गरिएको हो ।
‘कार्यक्रमहरुमा पहिलैदेखि प्रस्तुति दिँदै आएको थिएँ’, उनले भने, ‘तर, औपचारिक रुपमा गीत रेकर्ड गरेको चाहिँ पहिलो पटक हो ।’ गीत सार्वजनिक भएपछि आइरहेको प्रतिक्रियाले आफू निक्कै उत्साहित भएको उनले बताए ।
‘पहिलो गीतबाटै राम्रो प्रतिक्रिया आइरहेको छ’, उनले सुनाए, ‘चाँढै म्यूजिक भिडियो निकाल्ने तयारीमा छु ।’
[su_youtube url=”https://www.youtube.com/watch?v=-XXvO3fUbr0&feature=share”]