काठमाडौं । गायिका अन्जु पन्तको ‘चौबन्दी’ बोलको गीत बजारमा आएको छ ।
गीतकार मोहन थापाको शब्द ,आर सी रिमालको संगीत, शाहस शाक्यको संगीत संयोजन तथा गायिका अन्जु र गायक आर सी रिमालद्वारा स्वरबद्ध ‘चौबन्दी’ बोलको लोकआधुनिक बिधाको गीत सार्वजनिक भएको हो ।
बरिस्ठ संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यमा उक्त बोलको गीत Rohit K Thapa च्यानलबाट सार्वजनिक भएको हो ।
नबराज उप्रेतीको छायाङ्कन, प्रबिण भट्टको सम्पादन, निर्देशक मौसम हिमालीको कोरियोग्राफी तथा उनीद्वारा नै निर्देशित उक्त म्युजिक भिडियोमा मोडल बिना राउतलाई रोहित कुमार थापाले साथ दिएका छन् ।
दुई युबा युवतीको माया प्रेमको कथालाई भिडियोमा देखाइएको छ ।
Facebook Comments Box