दमक । बालबालिकाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले दमकस्थित शंकर आर्ट फाउण्डेशनले दमक गट ट्यालेण्ट जुनियर प्रतियोगिता गर्ने भएको छ ।
दमक क्षेत्रका १९ वटै वडाका १५ वर्ष मुनीका बालबालिकाहरुको कला ,क्षमताको प्रष्फूटन गराउने उद्देश्यले फाउण्डेशनले सो प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
मंसीरको पहिलो हप्ताबाट छनौट चरण शुरु गरिने उक्त प्रतियोगिताको फाइनल राउण्ड आउदो माघ ७ गते सम्पन्न गरिने फाउण्डेशनका संस्थापक निर्देशक शंकर बिश्वकर्माले जानकारी दिए ।
यस अघि सो फाउण्डेशनले दमकमा तिज क्वीन,चिल्डे«न होलिडे, द वेष्ट ट्यालेन्ट स्टार लगायतका रियालिटी शो कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।
फाउण्डेशनले लामो समयदेखि कला,नृत्यका क्षेत्रमा विभिन्न प्रशिक्षण समेत सञ्चालन गरिआएको निर्देशक विश्वकर्माले जानकारी दिए ।
Facebook Comments Box