झापा । चर्चित हाँस्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन्।
उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेर विवाहबारे जानकारी दिएका हुन्।
गजुरेलले नेपाल सरकारको न्यायसेवाकी अधिकृत मञ्जु पोख्रेलसँग विवाह गरेका हुन्।
केही बर्ष अघि श्रीमतीसंग सम्बन्ध विच्छेद गरेदेखि एक्लै रहँदै आएका गजुरेलले जीवनको नयाँ अध्याय सुरु गरेका हुन्।
Facebook Comments Box