काठमाडौँ । नेपाल आएका ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरलाई विमानस्थलबाटै फर्काइएको छ।
अध्यागमन विभागले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइदिएको हो। उनी अमेरिकाबाट नेपाल आएका थिए।
सरकारले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो।
रियालिटी शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो ।
किरण अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा बर्षमा अमेरिकी नागरिकहरुले नेपालमा १ सय ८० दिन भन्दा बढी बस्न नपाइने नियम छ । किरणले यसअघि पनि तोकिएको दिन भन्दा बढी बसेकाले जरिवाना समेत तिरेका थिए ।
किरण सोमबार कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए ।
Facebook Comments Box