झापा । झापाका प्रसिद्ध साहित्यकार तेजराज खतिवडा (तेराख)को निधन भएको छ।
श्वासप्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि उनलाई विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो।
उपचारका क्रममा बुधबार अपरान्ह उनको निधन भएको उनका छोरा लेखनाथ खतिवडाले बताएका छन्।
७८ बर्षिय तेराख मेचीनगर नगरपालिका ९ मा बसोबास गर्दै आएका थिए।
Facebook Comments Box