Author: खबरमञ्च
इलाम– नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख, विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनका प्रतिनिधि तथा राजदूतहरूका लागि विशेष ‘रिट्रिट’ कार्यक्रम आयोजना गर्यो। प्रायः वार्षिक रूपमा आयोजना हुने यो कार्यक्रम यसपटक पूर्वी नेपालको रमणीय इलामस्थित श्रीअन्तुमा सम्पन्न भएको थियो। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा पुगेका १५ देशका राजदूत एवं मिसन प्रतिनिधि र विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनका प्रतिनिधिहरूले इलामका सुन्दर चिया बगानको भ्रमण गर्नुका साथै अन्तु डाँडाबाट नयाँ वर्षको पहिलो सूर्योदयको मनमोहक दृश्य अवलोकन गरे। कूटनीतिज्ञहरूले विभिन्न जातजातिका परम्परागत वेशभूषामा सजिएर तस्बिरहरू खिचाए भने कतिपयले कन्यामका विभिन्न स्थानमा घोडा चढ्दै मनोरञ्जन लिए। नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो…
झापा– झापाको मेचीनगर नगरपालिका–१४ स्थित दुवागढी चोकमा आइतबार मध्याह्न टिपरको ठक्करबाट एक दम्पती गम्भीर घाइते भएका छन्। दिउँसो १२ बजे दुवागढी चोकको मेची राजमार्गमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको स १ क १८१ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको प्र.१–०१–००१८प.००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ बस्ने ५५ वर्षीय मनप्रसाद लिम्बू र पछाडि सवार उनकी श्रीमती अन्दाजी ५२ वर्षीया टिकाकुमारी श्रेष्ठ (लिम्बू) गम्भीर घाइते भएका छन्। घाइते दम्पतीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको छ। मनप्रसादको पिसाब थैलीमा गम्भीर चोट लागेको छ भने टिकाकुमारीको दुवै खुट्टामा चोट लागेको र दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि तत्काल…
झापा- झापाको बिर्तामोड नगरपालिकामा चोरीका घटनाहरू बढ्दै गएका छन्। पछिल्लो दुई सातामा मात्रै बिर्तामोडमा लाखौं रुपैयाँ बराबरको चोरी भएको यो तेस्रो घटना हो। हिजो राति बिर्तामोड नगरपालिका वडा नम्बर ५, कञ्चनजङ्घा टोल बस्ने कुमार बुढाथोकीको घरबाट करिब १३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। चोरी भएको सामानमा ६ तोला १४ आना सुनका गरगहना, ६ तोला चाँदीका गरगहना र नगद २० हजार रुपैयाँ रहेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बुढाथोकी परिवार इटहरी गएको मौका छोपी घरमा कोही नभएको अवस्थामा चोरी भएको हो। यसअघि पनि बिर्तामोडमा घर खाली भएको मौका छोपी ढोका फोरेर चोरीका घटना भएका थिए। गत…
झापा- बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । “कति पर्यटक आउँछन् भनेर तथ्याङ्क राखिएको छैन”, गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले भने । पर्यटकको चहलपहल बढेपछि स्थानीय तहले सो स्थानमा सुविधाका लागि गत वर्ष खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ । साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ । झापाबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ ।…
झापा- सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यरत छैटौँ तहकी अधिकृत सस्मिता लुइँटेलले झापा र सुनसरीका झण्डै २०० जनाभन्दा बढी मानिसहरूको ७ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लागेको छ। उनी ठगी गरेर फरार भएकी प्रहरीले जनाएको छ। उनीविरुद्ध इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय झापामा उजुरी परिसकेको छ। प्रहरीका अनुसार उनी हाल आफ्नो मोबाइल फोन बन्द गरेर फरार रहेकी छिन् र प्रहरीले उनको खोजी जारी राखेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले झापामा कार्यरत रहँदा पनि लुइँटेलले धेरै मानिसहरूबाट लिएको सापटी पैसा नतिरेको उजुरी परेको जानकारी दिए। इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर भट्टराईले सोनापुर, इटहरी निवासी…
झापा– इलाममा जंगली निगुरो खाएर एक दम्पती सिकिस्त बिरामी भएका छन्। इलाम नगरपालिका–९ गोलाखर्कका ६३ वर्षीय प्रेमप्रसाद अर्याल र उनकी ५८ वर्षीया श्रीमती बालकुमारी अर्याल शनिबार साँझ आफ्नै घरमा निगुरो र जरिङ्गोको सब्जी खाएपछि बिरामी परेका हुन्। प्रेमप्रसादको अवस्था गम्भीर रहेको छ। जिल्ला अस्पताल इलाममा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ। प्रहरीका अनुसार उनी बोल्न नसक्ने अचेत अवस्थामा छन्। उनकी श्रीमती बालकुमारीको अवस्था भने सामान्य रहेको र उनलाई पनि उपचारका लागि बीएण्डसी अस्पताल ल्याइएको इलाम प्रहरीले जनाएको छ।
काठमाडौँ– नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्षको बजेटमा आफूहरूले माग गरेको बजेट विनियोजन नभए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद तामाङले सातवटा जिल्लाका सांसदहरूका लागि तीन/तीन करोडका दरले २१ करोड बजेट माग गरिएको जानकारी दिए। यदि उक्त मागबमोजिम बजेट विनियोजन नभए संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको सूची तयार पारेर छानबिनका लागि समिति बनाउन बाध्य हुने उनको भनाइ थियो। बैठकमा देशका लागि कसरी राम्रो काम गर्न सकिन्छ भन्नेतर्फ पार्टी सभापतिको ध्यानाकर्षण गराएको जानकारी दिँदै उनले ऊर्जा मन्त्रालयमा ट्रान्सफर्मर पड्किएको उदाहरण दिँदै कुलमान घिसिङजस्ता व्यवस्थापन क्षमता भएको…
झापा– मोरङ रतुवामाई नगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले झापाका ७ सहित १३ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ लागुऔषध लिएर आउँदै गर्दा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर, इलाका प्रहरी कार्यालय सिजुवा र इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मोरङ र झापाका विभिन्न ठेगाना भएका व्यक्तिहरू रहेका छन्, जसको साथबाट ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ। यसैगरी, झापा र मोरङबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधिसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिर्तामोडबाट ३३ मिलिग्राम ब्राउनसुगरसहित मोहमद अली, बुद्धशान्तिबाट ५८० मिलिग्राम ब्राउनसुगरसहित सागर खड्का र उर्लाबारीबाट…
दमक- दमक नगरपालिकाका पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ । दमक–५ निवासी ७२ वर्षीय बुढाथोकीको आज बिहान ९ः५५ बजे आफ्नै निवासमा निधन भएको हो । उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए। विसं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा (एमाले)बाट नगर प्रमुखमा निर्वाचित भएका थिए । पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए । पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेकी छन् । उनले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्याएको योगदान सदैव स्मरणीय रहने…
काठमाडौँ– काठमाडौंमा आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रूपमा प्रभावित भएको छ। आन्तरिकतर्फका विभिन्न एयरलाइन्सका आठवटा विमान डाइभर्ट भएका छन्। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार पूर्वबाट काठमाडौं आएका विमानहरू पूर्वतिरै र काठमाडौंबाट पश्चिमतर्फ उडेका विमानहरू काठमाडौं नै फर्काइएका छन्। चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, र सुर्खेतलगायत गन्तव्यबाट काठमाडौंका लागि उडेका विमानहरू डाइभर्ट भएका हुन्। श्री एयरलाइन्सको विराटनगरबाट काठमाडौं उडेको विमान विराटनगरै फर्किएको छ भने यती एयरलाइन्सको विराटनगर–काठमाडौं उडानका दुईवटा विमान पनि डाइभर्ट भएका छन्। भद्रपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ। बुद्ध एयरकै काठमाडौंबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाडौं नै फर्किएको…