झापा– इलाममा जंगली निगुरो खाएर एक दम्पती सिकिस्त बिरामी भएका छन्।
इलाम नगरपालिका–९ गोलाखर्कका ६३ वर्षीय प्रेमप्रसाद अर्याल र उनकी ५८ वर्षीया श्रीमती बालकुमारी अर्याल शनिबार साँझ आफ्नै घरमा निगुरो र जरिङ्गोको सब्जी खाएपछि बिरामी परेका हुन्।
प्रेमप्रसादको अवस्था गम्भीर रहेको छ। जिल्ला अस्पताल इलाममा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ। प्रहरीका अनुसार उनी बोल्न नसक्ने अचेत अवस्थामा छन्।
उनकी श्रीमती बालकुमारीको अवस्था भने सामान्य रहेको र उनलाई पनि उपचारका लागि बीएण्डसी अस्पताल ल्याइएको इलाम प्रहरीले जनाएको छ।
Facebook Comments Box
