Author: खबरमञ्च

काठमाडौँ- विद्यालय शिक्षा विधेयकको माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । तीन साता यता शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा बिरोध जारी राखेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् । सरकारले वैशाख १२ गते बजेट अधिवेशन बोलाएको छ । शिक्षकका मागहरु बजेट अधिवेशनबाट विद्यालय शिक्षा विधेयक ल्याएर पूरा गर्ने आश्वानस दिएपनि जारी नगरेसम्म आन्दोलन नरोक्ने शिक्षकहरुको अडान छ । शिक्षकहरुको आन्दोलका कारण वैशाख ११ गतेबाट शुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि स्थगित भएको छ । सरकारले वैशाख महिनाभित्र शिक्षकहरुको माग…

Read More

झापा- इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टको सरुवा भएको छ। विष्टको नेपाल प्रहरी प्रधान कार्यालय परिचालन कक्ष नक्सालमा सरुवा भएको हो। उनको ठाउँमा विजय श्रेष्ठ आउने भएका छन्। श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय आन्तरिक उडानतर्फ काठमाडौँबाट आउन लागेका हुन्। विष्टले गत वर्षको चैत १४ गतेदेखि बिर्तामोड प्रहरीको कमाण्ड सम्हालेका थिए। प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ। बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले १२१ डीएसपीको सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरूको सरुवा गरिएको हो।

Read More

झापा- झापा बिर्तामोडको कैलाशपति ट्रेडर्सबाट मात्र विद्यालय पोशाक किन्नुपर्ने बाध्यता निजी विद्यालय संचालकहरूले बनाएपछि त्यसविरुद्ध अभिभावकहरुले बिर्तामोड नगरपालिकामा उजुरी दिएका छन्। बिर्तामोड नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका अधिकांश विद्यालयहरूले एउटै कैलाशपति ट्रेडर्सबाट मात्र विद्यालय पोशाक उपलब्ध गराउने व्यवस्था गरेका कारणले विद्यार्थी/अभिभावकहरूलाई भीडभाड भइ घण्टौसम्म लाइनमा बस्नुपर्ने, पालो नआएर पटक पटक धाउनुपर्ने जस्ता समस्या भोग्नु परिरहेको अभिभावकहरूले नगरपालिकासमक्ष उजुरी दिएका हुन्। नगरपालिकाले एउटै ठाउँबाट मात्र विद्यालय पोशाक उपलब्ध गराउने व्यवस्था नगरी सबै विद्यालयहरूले विद्यार्थीहरूलाई ड्रेस कोड उपलब्ध गराइ अभिभावक स्वयंले नै पोशाक व्यवस्थापन गराउने व्यवस्था गर्न सवै विद्यालयहरुलाई निर्देशन दिएको छ। नगर शिक्षा अधिकारी तिलचन भण्डारीले सूचना जारी गरी त्यस किसिमको व्यवस्था मिलाउन…

Read More

काठमाडौँ- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तको शपथ ग्रहण बिहीबार हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका हुन् । गत वैशाख ८ गते विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा एमालेले पन्तलाई मन्त्री बनाएको हो । पन्त एमालेका समानुपातिक सांसद हुन् ।

Read More

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबारको म्याच हेर्न दशरथ रंगशाला पुगेका ब्राजिलियन लिजेण्ड फुटबलर रोबर्टो कार्लोसले फ्रि-किक हानेका छन्। धनगढी एफसी र पोखरा थण्डर्सबीचको क्वालिफायर टू म्याच हेर्न दशरथ रंगशालमा उपस्थित भएका ब्राजिलियन फुटबलर कार्लोसले फ्रि-किक हानेका हुन् । उनले खेलको हाफ टाइममा फ्रि-किक हाने । नेपाली गोलकिपर समित श्रेष्ठले गोलपोष्ट सम्हालेका थिए । कार्लोसको पहिलो प्रहार समितले बचाए भने दुई प्रहारमा गोल गरेका थिए ।

Read More

ताप्लेजुङ- धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै पाथीभरा क्षेत्र विकास समितिलाई नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले सम्मान गरेको छ । परिषद्ले पाँचथरको फिदिममा आज आयोजना गरेको ‘ज्योतिष, वास्तु, धर्मशास्त्र तथा धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम’ मा समितिलाई सम्मान प्रदान गरेको हो ।समितिले लामो समयदेखि धार्मिक पर्यटनको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । समितिका अध्यक्ष रक्की थेबे (लिम्बु) ले सम्मानपत्र ग्रहण गरे । फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, नेपाल ज्योतिष परिषद् केन्द्रीय महासचिव विश्वप्रकाश लामिछाने, परिषद्को कोशी प्रदेश अध्यक्ष बाबुराम निरौला र जिल्ला अध्यक्ष रमेशचन्द्र न्यौपानेले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गरेका…

Read More

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रीमा एमाले सांसद रघुजी पन्तलाई नियुक्त गर्ने तयारी गरेका छन्। शिक्षक आन्दोलन चर्किँदै गएपछि सोमबार विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि रिक्त रहेको शिक्षामन्त्रीमा पन्तलाई जिम्मेवारी दिने तयारी भएको बालुवटार स्रोतले जानकारी दियो। विश्वस्त स्रोतका अनुसार ठूलै उतारचढाव भएन भने पन्तले भोलि बिहीबार शपथ ग्रहण गर्नेछन्। प्रधानमन्त्री कार्यालयको आग्रहपछि राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहणका लागि तयारी अघि बढाउन निर्देशन दिएका छन्। पन्त यस अघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भइसकेका छन्। उनी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख राजनीतिक सल्लाहकार समेत भइसकेका व्यक्ति हुन्। हाल उनी संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य छन्।

Read More

काठमाडौँ- कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक भएको छ । बुधबार बोर्डले तालिका सार्वजनिक गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएपछि बोर्डले बुधबार परीक्षाको संशोधित तालिका सार्वजनिक गरेको हो । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक काठमाडौँकेन्द्रित आन्दोलनमा छन्। बोर्डले बैशाख ११ गतेदेखि गर्ने भनेको परीक्षा बैशाख २१ गतेबाट गर्ने जनाएको छ। नयाँ परीक्षा तालिकाः

Read More

काठमाडौँ- विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार पाँच सय वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ । अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रष्ट’ का अनुसार हाल विश्वको २० लाख किलोमिटर क्षेत्रमा तीन हजार २० देखि पाँच हजार तीन सय ९० को सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान छ । हिउँचितुवा बढीजसो नेपाल, चीन, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, कीर्गीस्तान, भारत, मङ्गोेलिया, रसिया,…

Read More

झापा- झापाको बुद्धशान्तिबाट ५ लाख बढीको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ अन्दाजी ७ः३० बजे बुद्धशान्ति गाउँपालिका वडा नं. –४ बर्ने चिया बगानस्थित मेची राजमार्गमा बिभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज. ३४४९ नम्बरको यात्रुबाहक बोलेरो गाडीलाई चेकजाँच गर्दा बिलबिना अबैध रुपमा ल्याएको अन्दाजी ५ लाख ३४ हजार ७४५ बराबरको विभिन्न कस्मेटिक सामानहरु फेला परेको थियो । ती सामानहरु नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको छ ।

Read More